काठमाडौँ महानगरपालिका– १४ बल्खुस्थित सुकुम्बासी बस्तीकी ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको चैत २ गते साँझ हत्या गरेको अवस्थामा प्रहरीले शव बरामद गरेको छ ।
घरायसी विवादमा पति सन्तोष सापकोटाले पत्नीको हत्या गरी फरार भएको सूचनाको आधारमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताउनु भयो ।
आफ्नै घरको पछाडिको पेटीबाट शब बरामद गरिएको एसपी रमेश बस्नेतले बताउनुभयो । उहाँले घरायसी विवादमा पति सन्तोषले टाउकोमा ह्यामरले हिर्काएर पत्नीको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो ।
मृतक महिलाका आफन्तले महानगरीय प्रहरी परिसरमा चैत २ गते सापकोटाविरुद्ध उजुरी दिएका छन् । शबको पोष्टमार्टम चैत ३ गते त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको छ । साथै शब अस्पतालको शबगृहमा रहेको प्रहरीले जनाएको छ ।