INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–३ काँटागाउँका १८ वर्षीय निरजकुमार यादवलाई फागुन २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले  फागुन २४ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो