INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–६ सेमरडाँडाका २९ वर्षीय  शिवशङ्कर मल्लाहलाई फागुन २४ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २२ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो