INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–५ की ३३ वर्षीया सावित्री दाहालको हत्या आरोपमा प्रहरीले ४४ वर्षीय पति विष्णु ऋषिदेवलाई फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडितको शरीरका विभिन्न भागमा चोटपटक, नाक र अनुहारबाट रगत बगिरहेको अवस्थामा फागुन २३ गते राति घरभित्रै शव फेला परेपछि हत्या आशङ्कामा पतिलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुँदा कुटपिट गरी पत्नीको हत्या गरेको आरोपितले स्वीकार गरेको इलाका प्रहरी कार्यालय वेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा फागुन २५ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फागुन २५ गते गरिएको छ ।

अन्य

भिडियो