१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–२ तिलौरीका २४ वर्षीय रवि भनिने विर्जलाल थारू विरूद्ध फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर बलात्कार गर्दै आएको र अन्तिम पटक मङ्सिर ३० गते बलात्कार गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपित फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनायो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।