चार वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन १५ गते अप्राकृतिक यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर कपिल वाग्लेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।