INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला दुल्लु नपा–१० स्थायी घरभई बुटवल उपमनपा–११ बस्ने १९ वर्षीय दिनेश अधिकारीलाई फागुन १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १४ गते बलात्कार गरेको भन्दै  पीडितका  अभिभावकले फागुन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाएको  इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

अन्य

भिडियो