१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडितका ४२ वर्षीय बुवालाई फागुन १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।