INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१२ का २८ वर्षीय सौजन खनाललाई फागुन ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीका आधारमा  आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो गरिएको छ ।

अन्य

भिडियो