INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपितहरू गिरफ्तार

सिरहा नपा–१ का दुई वर्षीय बालक प्रियाशु यादवलाई अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले बालकका २८ वर्षीय काका कुलदिप यादव र सिरहा नपा–१५ का २३ वर्षीय भरोसी यादवलाई फागुन ९ गते गिरफ्तार गरी पत्रकार सम्मेलनमार्फत फागुन १० गते सार्वजनिक गरेको छ ।

बालकलाई आरोपितहरूले माघ २० गते घरमा खेलिरहेको अवस्थामा अपहरण गरी भारतको खाजेडीह भन्ने स्थानमा पुर्‍याएकोमा भारतीय प्रहरीको सहयोगमा माघ २२ गते बालकको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

‘घरको आगनमा खेलिरहेको थियो । म काममा भित्र थिएँ । बाहिर आएर हेर्दा बाबुलाई नभेटेपछि खोजतलास गरेको र जिल्ला प्रहरी कार्यालयमा माघ २० गते नै उजुरी गरेँ । प्रहरीले खोजी गरी बाबुलाई माघ २२ गते नै ल्याएर मलाई जिम्मा लगाए ।’–बालककी आमा सञ्जितादेवी यादवले बताउनु भयो ।

अन्य

भिडियो