पाँचखाल नगरपालिका-७ होक्सेका ६५ वर्षीय बृद्ध बाबु बलराम गौतमको हत्या गरेको आरोपमा ३८ वर्षीय छोरा राजु गौतमलाई प्रहरीले माघ ३० गते गिरफ्तार गरेको छ ।
कोदालोको बिडले हानेर राजुले बाबुको हत्या गरेको भन्दै मृतकको भाइ आशिष गौतमले ईलाका प्रहरी कार्यालय पाँचखालमा माघ ३० गते उजुरी दिनु भएको थियो ।
सोही उजुरीको आधारमा पाँचखाल प्रहरीले आरोपितलाई घटना स्थल घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका डिएसपी कुमारविक्रम थापाले बताउनु भयो ।
डिएसपी थापाका अनुसार शवको पोस्टमार्टम माघ ३० गते धुलिखेल अस्पतालमा गरियो ।