२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१० का ३२ वर्षीय ध्यानी महरालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७७ मङ्सिर ६ गते झारफुकको बहानामा बलात्कार प्रयास गरेको आरोपमा मङ्सिर ९ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडितले उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर ९ गते भएको थियो ।
आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताउनु भयो ।