१३ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका– ४ अर्खबाङका २९ वर्षीय जगतबहादुर रानालाई माघ २९ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले प्रलोभन देखाएर माघ २६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २९ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।