INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पीडितपक्षले नेपालगन्ज उपमनपा–४ का २१ वर्षीय जावेद हलवाई विरूद्ध माघ २५ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले माघ १६ गते विद्यालयबाट फर्किदा होटलमा लगेर यौन दुर्व्यवहार गर्नुको साथै कुटपिट गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरीले इन्सेक प्रतिधिसँगको कुराकानीमा बताउनु भयो । इन्स्पेक्टर गिरीले आरोपितको खोजी भइरहेको बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण माघ १७ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।

अन्य

भिडियो