INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली प्रहार गरी छोरीको हत्या

पुर्चौडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नै  छोरी विनिता महराको माघ २४ गते अपरान्ह गोली हानी हत्या गरेको पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले बताउनु भएको छ ।

घटना लगत्तै पुरघाट प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण अधिकारीले बताउनुभयो ।

विवाहित छोरी एक महिनादेखि माइती घरमा बस्दै आएको र माघ २४ गते बुबाले गोली हानी हत्या गरेको उपप्रमुख बमले बताउनु भयो ।

अन्य

भिडियो