नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–३ का ४८ वर्षीय माधव कुमार श्रेष्ठ र मायादेवी गाउँपालिका–८ का ५१ वर्षीय रामप्रसाद हरिजनलाई माघ १४ गते गिरफ्तार गरेको छ ।
आरोपित श्रेष्ठकी पत्नी हराएको र उनलाई फेला पार्नका लागि पाँच कन्याबाट पूजा, भोजन र दक्षिण गर्नाले पत्नी भेटिने कुरा आरोपित रामप्रसाद हरिजन (धामी) ले भनेपछि माघ ३ गते पाँच जना बालिकाहरूलाई लगेर धाँमी कहा गएको र पूजा गरीसकेपछि हरिजनले बलात्कार गरेको भन्दै पीडितपक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १३ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।
यसैगरी, १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–११ मुग्लाहका १८ वर्षीय मजिबुर रहमानलाई माघ १४ गते गिरफ््तार गरेको छ ।
पीडितपक्षले अर्का आरोपित लुम्बिनी सांस्कृतिक नपा–६ तरकुल्लाहका १८ वर्षीय सहिजाद मुसलमान विरूद्ध उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपितहरूले माघ ७ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले माघ १४ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका छन् ।
पीडितपक्षको उजुरीका आधारमा कारबाही अगाडि बढाएकोे इलाका प्रहरी कार्यालय, लुम्बिनीका सइ डेलम्बर घिमिरेले बताउनु भयो । फरार आरोपित सहिजादको खोजी भइरहेको प्रहरीले जनायो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।