१४ वर्षीया वालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १४ गते घोराही उपमनपा–१४ का ४० वर्षीय सुकवीर वादीलाई दुइ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको इजलासले ठहर गर्दै दुई वर्ष कैद, ३० हजार जरिबाना तथा पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको हो ।
पीडितलाई आरोपितले ०७६ माघ ८ गते यौन दुर्व्यवहरा गरेको भन्दै पीडितपक्षले ०७६ माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडितको स्वास्थ्य परीक्षण ०७६ माघ ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।