१३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले नवलपरासी जिल्ला देवचुली नगरपालिका–९ घर भएका २२ वर्षीय सुनिल तामाङलाई १४ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायधीश केशवप्रसाद अधिकारीको इजलासले माघ १४ गते उक्त सजाय फैसला सुनाएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो ।
पीडितलाई ०७५ फागुन १९ गते तामाङले भरतपुर महानगरपालिका-१९ शारदानगर घरबाट विवाह गर्छु भनी भरतपुर महनगरपालिका–१ वसपार्क स्थित एक होटलमा राखी जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाको आमाले जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते उजुरी दिनुभएको थियो ।
तामाङलाई ०७५ चैत ४ गते प्रहरीले गिरफ्तार गरेको थियो । बालिकाको चैत ६ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।