शितगङ्गा नपा–२ की दुई वर्षीया छोरी सृष्टि घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय सन्तोष घिमिरेलाई माघ १३ गते गिरफ्तार गरेको छ ।
सुती रहेकी छोरीलाई डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय ठाडाका इन्स्पेक्टर बाबुराम बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार पति पत्नबीच विवाद भएका कारण छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
मृतकपक्षले माघ १४ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका छन् । शवको पोष्टमार्टम माघ १३ गते जिल्ला अस्पताल सन्धीखर्कमा गरिएकाे छ ।