INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा उजुरी दर्ता

इन्सेकको सहयोगमा घरेलु हिंसा पीडित २० वर्षीया महिलाले माघ १४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दर्ता गराएका छन् ।

राप्तिसोनारी गाउँपालिका – ८ का २४ वर्षीय करन खत्रीले ललाई फकाई विवाह गरेको र घरपरिवारले अन्तर जातीय विवाह भनेर स्वीकार नगरेपछि  एक वर्षसम्म कोठा भाडा लिएर राखेको पीडितले बताउनु भयो ।  दिनहु शारिरिक मानसिक यातना दिएको भन्दै आवश्यक सहयोग गरिदिन इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जमा माघ १३ गते निवेदन दिनु भएको थियो ।

खत्रीले ०७६ फागुन ६ गते विवाह गरेका थिए ।   उहाँले पति सम्पर्क विहीन भएपछि आफु माइती घरमा बस्दै आएको बताउनु भयो ।

इन्सेक नेपालगञ्जले पीडितलाई कानुनी प्रक्रियामा सहयोग गरिदन राष्ट्रिय मानव अधिकार आयोग र नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनमा सिफारिस गरेको थियो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका सइ रणधिर जैसीले पीडितको उजुरीका  आधारमा आरोपितको खोजी कार्य  भइरहेको बताउनु भयो ।

 

अन्य

भिडियो