झारफुकको नाममा फलामले डामेर हत्या गरिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन माघ १३ गते सार्वजनिक गरिएको छ ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि अगुवाइमा गरिएको स्थलगत अध्यन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय, बुटवलका निमित्त प्रमुखद सन्तोष आचार्यलाई र राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा बुझाइएको छ ।
रेसुंगा नगरपालिका– १ मा झारफुकको नाममा, इस्मा गाउँपालिका –३ का ६४ वर्षीय रामबहादुर मुखियाको बिरामी सञ्चो गराउने नाममा धामीले फलाम लगायतका धातु तताएर डाम्दा पुस २९ गते मृत्यु भएको थियो ।
अध्यन प्रतिवेदनले कानुनी प्रकृयामा जान मद्दत पुग्ने इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जकी अधिकृत सरस्वती मल्लले बताउनु भयो ।
प्रतिवेदन बुझ्दै आयोगका निमित्त प्रमुख सन्तोष आचार्यले उक्त घटनाप्रति आयोगको ध्यानाकर्षण भएको बताउदै प्रतिवेदन अध्ययन गरेर सोही अनुरुप अगाडि बढ्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जकी अधिकृत द्वारिका अधिकारीले प्रतिवेदन बुझ्दै घटना प्रति ध्यार्नाकषण भएको बताउदै आयोगबाट हुनसक्ने सहयोग गरिने बताउनु भयो ।
अध्ययन टोलीमा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि, टोपलाल अर्याल, नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेय, अधिवक्ता हिरा कुवंर, दलित अधिकारकर्मी कमला बराल, नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री रहेका थिए ।