१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–६ का १९ वर्षीय नवराज जैसीलाई माघ १२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले माघ ११ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।