विदेह नपा–१ की २५ वर्षीया जरिना खातुनको गर्भ तुहाएको कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषाले सोही ठाउँका ३२ वर्षीया सुनिता खातुनलाई माघ ११ गते गिरफ्तार गरेको छ ।
जरिनाको गर्भ तुहाएको कसुर ठहर गर्दै जिल्ला अदालत धनुषाको फैसला अनुसार गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।
आपसी विवादको क्रममा जरिनालाई सुनिताले ०७२ साउन ५ गते पेटमा पटक–पटक मुक्काले कुटपिट गर्दा गर्भमा रहेको बच्चाको मृत्यु भई गर्भपतन भएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा ०७२ साउन १० गते उजुरी दिनुभएको थियो । घटनापछि सुनिता फरार रहँदै आएको प्रहरीको भनाइ छ ।
केही समयदेखि घरमै आएर बसेपछि प्रहरीलाई खबर गर्दा प्रहरीले गिरफ्तार गरेको पीडित जरिनाले बताउनु भयो ।
जरिनाको गर्भ तुहाएको कसुर ठहर गर्दै जिल्ला अदालत धनुषाले ०७२ असार २१ गते सुनितलाई एक महिना कैद सजायको फैसला सुनाएको थियो ।