६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–३ काँटा गाउँका ३७ वर्षीय रसिद सफिक मोहम्द जुल्लाईलाई पुस २७ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २७ गते बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा पीडितले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २७ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।