३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले पुस २६ गते झिमरुक गाँउपालिका – ५ का २८ वर्षीय चन्द्रबहादुर जिसीलाई सात वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सात वर्ष कैद र २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङले बताउनु भयो ।
पीडितलाई आरोपितले आरोपितले ०७६ मङ्सिर ३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई मङ्सिर ४ गते घरबाट गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।