घरेलु हिंसा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सडक नाटकमार्फत सचेतना दिन थालेको छ ।
पुस २९ गते छोप्राक-९ चोरकाटे र गोरखा नपा-१० बाह्रकिलोमा सडक नाटक देखाइएको जिल्ला प्रहरी कार्यालयका सई ताराबहादुर थापाले बताए ।
घरेलु हिंसाविरुद्घ हुने अपराध न्यूनीकरणका लागि सडक नाटकमार्फत गाउँगाउँमा सचेतना कार्यक्रम गर्न लागिएको पनि उनले बताए ।
पछिल्लो समय घरेलु हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराधका घटनामा बृद्धि भएको तथ्याङ्क सार्वजनिक हुन थालेपछि यसको रोकथाम गर्नु चुनौति बन्दै आएको सरोकारवालाहरूले बताउँदै आएका छन् ।




