आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा माडी नगरपालिका–२ का ५३ वर्षीय देवीलाल पौडेललाई पुस १६ गते जिल्ला अदालतले तीन महिना कैद सजाय फैसला गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले उक्त फैसला गरेको हो ।
पीडित बालिकालाई ०७६ मङ्सिर १९ गते स्थानीय चितेखोला नजिकैको झाडीमा लगि यौन दुर्व्यवहार गरेको आरोपमा बालिकाको आमाले मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।
पौडेललाई प्रहरीले मङ्सिर २२ गते गिरफ्तार भएको थियो । पीडित बालिकाको मङ्सिर २३ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।