INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले पुस १३ गते धनगढीमाई नपा–१० का १९ वर्षीय बिनोद महरालाई १२ वर्ष कैद तथा १ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको इजलासले यस्तो फैसला गरेको हो ।

पीडित बालिकालाई महराले ०७६ माघ २ गते बलात्कार गरेको भन्दै महाराविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले महरालाई माघ २ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतको माघ २७ गतेको आदेशले महरा पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो