INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा गरेको जन्म कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई जन्म कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको पुस ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी ५५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७६ माघ १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले माघ २० गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७६ फागुन २२ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २० गते गरिएको थियो ।

अन्य

भिडियो