२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले लुङग्री गाउँपालिका–२ का ३० वर्षीया गोबर्धन घर्ती क्षेत्री विरूद्ध इलाका प्रहरी कार्यालय, सुलिचौरमा पुस ५ गते मुद्दा दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले ०७७ जेठ १६ गते बलत्कार गरेको र बलात्कारबाट सात महिनाको गर्भ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले बताउनु भयो । उहाँले आरोपित जिल्ला बाहिर रहेको र खोजी भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ५ गते जिल्ला अस्पताल, रेउघामा गरिएको छ ।