INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा १३ दिन कैदको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले मङ्सिर २८ गते १३ दिन कैद सजाय हुने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले बलात्कारको अभियोगमा मुद्दा दायर भएका बालकलाई आंशिक अभियोग दाबी पुग्ने भनी बाल यौन दुर्व्यवहारको कसुर अन्तर्गत उक्त फैसला गरेको हो ।

पीडित बालिकाकी आमाले ०७७ जेठ २१ गते इलाका प्रहरी कार्यालय मुग्लिनमा बलात्कारको आरोपमा बालकविरुद्ध उजुरी दिनुभएको थियो ।

आरोपित बालकलाई जेठ २१ गते नै प्रहरीले गिरफ्तार गरी अदालत पेस गरेकोमा अदालतले अभिभावकको जिम्मा लगाएर तारेखमा छाडेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २१ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

 

अन्य

भिडियो