INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सङरक्षण सम्बर्धनका लागि सबै एकजुट हुनु पर्नेमा जोड

मानव अधिकार सङरक्षण सम्बर्धनका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिइएको छ । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, मानव अधिकार सञ्जाल, नेपालगञ्ज लगायत विभिन्न सङ्घ संस्थाहरूको आयोजनामा मङ्सिर २५ गते नेपालगञ्जमा आयोजित १२ औं मानव अधिकार महा भेला तथा भजन मानव अधिकार पुरस्कार समारोहमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश केशवराज जोशीले उक्त कुरामा जोड दिनु भएको हो ।

न्यायाधीश जोशीले मानव अधिकारको विषयलाई एक दिने दिवस मात्र नभएर  जिवन भर  मानव अधिकार दिवस सम्झेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले न्यायालय भित्र विभिन्न गोष्ठीहरू हुने गरेको बताउदै गोष्ठी मार्फत पनि मानव अधिकार सङरक्षण सम्बर्धनका लागि  लागि पर्ने बताउनु भयो ।

photo2020121001banke

समय अनुसार नारा फरक भएकोले माहामारीको बेलामा नागरिकको स्वास्थ्य अधिकारलाई बढी जोड दिन आवश्यक रहेको न्यायाधीश जोशीको भनाई रहेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावलले १९४८ सालमा सार्वजनिक भएको विश्वव्यापि घोषणा पत्रमा उल्लेख गरिएका कुराहरूलाई उत्थान गदै सबैले विश्वव्यापि घोषणा पत्रको सम्मान गर्नुपर्ने बताउनु भयो । माहामारीको कठिन परिस्थितिमा एक अर्काको टिका टिप्पणी गर्नु भन्दा सबै मिलेर मानव अधिकारका विषयमा समाजलाई कसरी सफल बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गर्नु भयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ रामबहादुर कुरूम्वाङले मानव अधिकार प्रति आफु अति सम्वेदनशील भएर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले माहामारीको समयमा नागरिकको स्वास्थ्य अधिकारलाई ध्यान दिदै क्वारेण्टिन, आइसोलेसन , भेण्टीलेटर व्यवस्थापन  गरिएको बताउनु भयो ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिल श्रेष्ठले कानुन कार्यान्वयनको पाटो फितलो भएकोले कार्यान्वयनमा सबैको भुमिका आवश्यक रहेको बताउनु भयो । उहाँले कानुन कार्यान्वयन गर्नको लागि नागरिहरूले सोच बदल्न आवश्यक रहेको बताउदै लैङ्गिक हिंसा आफुपनि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाउनु भयो ।

इन्सेक लुम्बिनि प्रदेश प्रमुख  भोला महतले  मानव अधिकार सङरक्षण र सम्बर्धनमा सबै सरोकारवाला निकाय सम्वेदशील हुनुपर्ने बताउदै समय अनुसार नारालाई पनि परिमार्जन गरि नागरिकको स्वास्थ्य सेवालाई महत्व दिएको बताउनु भयो ।

photo2020121002banke

यसैगरी, “भजन मानव अधिकार पुरस्कार २०७७” द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँके अध्यक्ष चन्द्रकला उप्रेतीलाई  प्रदान गरिएको छ । द्वन्द्व पीडित र मानव अधिकारको क्षेत्रमा पुर्‍याएकाे याेगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका सदस्य अधिवक्ता बसन्त गौतमले बताउनु भयो । इन्सेक नेपालगञ्जमा कार्यरत भजनराम चौधरीको ०६९ जेठ १६ गते सवारी दुर्घटनामा परी निधन भएको थियो । मानव अधिकार सञ्जाल, नेपालगञ्जले उहाँको नाममा ट्रष्ट स्थापना गरी प्रत्येक दुई वर्षमा मानव अधिकारको क्षेत्रमा क्रियाशील मानव अधिकारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।

यसैगरी, मानव अधिकार सञ्जाल, नेपालगञ्जले मानव अधिकारको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील जयन्ती  खत्री र निर्मला सुनारलाई सम्मन गरेको छ । दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको सिफारिस समितिका संयोजक मैमुना सिद्दिकीले बताउनु भयो ।

भजन मानव अधिकार पुरस्कारबाट सम्मानित चद्रकला उप्रेतीले पुरस्कारले  अझै उत्प्रेरणा थपेको बताउनु भयो ।

अन्य

भिडियो