चुरे गाँउपालिका–६ भावरकी ७५ वर्षीया पार्वतीदेवी ऐरको हत्या गरेको कसुरमा २३ वर्षीय नाति गणेश ऐरलाई जिल्ला अदालतले मङ्सिर १७ गते जन्मकैदको सजाय फैसला गरेको छ ।
न्यायाधीश बाबुकाजी बानियाको इजलासले ऐरलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले बताउनु भयो ।
धारिलो हतियार प्रयोग गरी गत असार २२ गते हजुरआमाको हत्या गरेको आरोपमा ऐरलाई अदालतले साउन १६ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
आरोपित ऐर धारिलो हतियारले हत्या गरी हजुरआमाको शव घरपछाडि बारीमा झारले छोपेर रगत लागेको अवस्थामा घरमा आएर बुबा शेरबहादुर ऐरलाई पनि मार्छु भन्दै जाइलाग्दा शेरबहादुर भागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले गणेशलाई असार २३ गते घरैबाट गिरफ्तार गरेको थियो ।
शवको पोष्टमार्टम सेती प्रादेशिक अस्पताल धनगढी असार २४ गते गरिएको थियो ।