१४ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ०७७ मङ्सिर ९ गते ४२ वर्षीय पुरुषलाई ३७ वर्ष जेल सजायको फैसला गरेको छ ।
न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताउनुभयो । नयाँ ऐन अनुसार जन्मकैद २५ वर्ष तोकिएको छ ।
डर धम्की दिँदै छोरीलाई ०७३ सालदेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक ०७६ चैत २९ गते भएको बलात्कार घटनाबारे छिमेकीहरूले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले ०७६ चैत ३० गते आरोपितलाई गिरफ्तार अदालतमा मुद्दा दायर गरेको थियो ।