२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले सुस्ता गाउँपालिका– ३ का २१ वर्षीय राजेश पाल विरूद्ध मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय, बेलटारीमा उजुरी दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै उजुरी आएको र आरोपितको खोजी भइरहेको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।