सुत्केरी आमासँगै एक महिने शिशु प्रहरी हिरासतमा रहेका छन् । बच्चा र आमा दुबैलाई चिसासँगै काभिड सङ्क्रमणको जोखिम रहेको छ ।
धुर्कोट गाउँपालिका– ७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल ३३ बर्षीय मनिराम घिमिरेलाई बहु विवाहको आरोपमा प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरेको हो ।
दिउँसोमा सामान्य कार्पेटमा जिल्ला प्रहरी कार्यालय गुल्मीको प्राङगणमा बस्नु हुन्छ । राम्रो स्याहार–सुसार, पोषिलो खानपान र तातोमा आराम गरेर बस्ने बेलामा शिशुसँगै हिरासतमा बस्नु परेको छ । आमाको पनि अझै रक्तश्राव रोकिएको छैन । त्यसमाथि आमा र बच्चाले चिसो र सङक्रमणको चिन्ता खेप्नु परेको रिमिताले गुनासो गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रबिणलाल श्रेष्ठले जेठी पत्नीको उजुरीको आधारमा बुटवलबाट गिरफ्तार गरिएको बताउनु भयो ।सुत्केरी अवस्थामा आमा र बच्चालाई गाह्रो भएपनि कानुनी प्रक्रियामा जानु पर्ने भएकाले समस्या भएको बताउनु भयो । उहाँलाई छिटो भन्दा छिटो अदालत पेश गर्ने योजनामा रहेको श्रेष्ठको भनाई छ ।
प्रहरी कार्यालय पुगेका पत्रकार तथा अधिकारकर्मीहरूले कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरीसँग आग्रह गरेका थिए । ‘कानुन अनुसार कारबाही गरेपनि सुत्केरी र कोभिड सङक्रमणलाई प्रहरीले ख्याल गरेन,’पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जर्नादन घिमिरेले भन्नुभयोे,‘यो बेला आमा र बच्चा दुबैलाई कोरोनासँगै अन्य रोगको जोखिम छ ।’ घरपरिवारले सुत्केरीलाई कसैको जिम्मेवारीमा राखेर स्याहार–सुसार गर्न पाउनुपर्ने माग राखेका छन् ।
उनीहरुले बजारमै पनि प्रहरीकै निरानीमा आफुहरुले छुट्टै हेरबिचार गर्न पाए चिसो र सङ्क्रमणबाट आमा छोरालाई बचाउन सकिन्थ्यो कि भनेर प्रहरीलाई अनुरोध गरेपनि कुनै सुनुवाई नभएको जेठाजु यमलाल घिमिरेले गुनासो गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले यो प्रशासन मार्फत नभएर अदालतबाट मुद्दा अगाडि बढ्ने भएकाले प्रहरीलाई आमा र बच्चाको बिशेष ख्याल गर्न आग्रह गरेको बताउनु भयो ।