बहुविवाहको आरोपमा पोखरा उमनपा-५ का ३० वर्षीय प्रेमप्रसाद तिमल्सिना र उनकी कान्छी पत्नी २४ वर्षीया कौशल्या भण्डारीलाई कास्की प्रहरीले पुस १२ गते घरैबाट गिरफ्तार गरेको छ ।
तिमल्सिनाकी जेठी पत्नी ३० वर्षीया किर्तना आर्चाय (तिमल्सिना)ले पुस १२ गते जिल्ला प्रहरी कार्यलयमा दिएको उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका इन्सपेक्टर गणेश बमले बताए ।