पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५७ वर्षीय नातेदारलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक १४ गते मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।