३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरालाई ०८३ साउन २ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई सापटी रुपियाँ फिर्ता गर्न भन्दै साउन १ गते राति पीडितको घरमा गएर बलात्कार गरेको आरोपमा पीडित पक्षले ईलाका प्रहरी कार्यालय, भजनीमा उजुरी दिएको भजनी नगरपालिका–७ का वडाध्यक्ष अमरबहादुर कठरियाले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर खगेन्द्र साउदले बताए ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।