ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गर्ने हिमाली गाउँपालिका– ४ बाझुराका २७ वर्षीय लक्ष्मण मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ ।
गाउँपालिकाको कार्यालयमा पारर्किङ गरेको गाडीलाई आरोपितले मदिरा सेवन गरेर कात्तिक २ गते ढुङ्गा प्रहार गरि तोडफोड गरेको भन्दै प्रहरीले असोज ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्यप्रकास सुवेदीले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाले गाडी तोडफोड गर्ने मल्लबिरूद्ध कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको जानकारी दिनुभयो ।
तोडफोडबाट गाडीको सिसा र अन्य भागमा पनि क्षति पुगेको उपाध्यक्ष बुढाको भनाई छ ।