१७ वर्षीया बालिकालाई ०७६ मङ्सिर १० गते बलात्कार प्रयास गरेको कसुरमा धनगढी उपमहानगरपालिका—१२ का ३९ वर्षीय हेमन्तराज जोशीलाई असोज २९ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायधीश बाबुकाजी बानियाको इजलासले आरोपित जोशीलाई पाँच वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७६ मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यलय, कैलालीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई मङ्सिर ११ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत, कैलालीको ०७६ पुस ७ गतेको आदेश अनुसार आरोपितलाई पुर्पक्षका लागि जिल्ला कारागार, कैलालीमा थुनामा राखिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ मङ्सिर १० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।