अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङका जिल्ला सहजकर्ता विनोद केसी नेपाल बाल संगठन दाङ जिल्ला तदर्थ समितिको सभापतिमा नियुक्त हुनु भएको छ ।
नेपाल बाल संगठन केन्द्रीय समितिको असोज २० गतेको निर्णयले इन्सेककर्मी केसीलाई सभापतिमा नियुक्त गरेको संगठनका केन्द्रीय महासचिव समित बरालले जानकारी दिनुभयो । संगठनले सहारा, संरक्षण विहिन बालबालिकाको हितमा काम गर्नेछ ।