दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शान्तिडाँडा-८ का २८ वर्षीय कुलबहादुर लामगादेलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले पुस १० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चूडालले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १० गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।