३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय जेठाजुलाई असोज २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७६ चैत ८ गते बलात्कार गरेको र घटनाबारे कसैलाई भने मार्ने धम्की दिएको भन्दै पति बैदेशिक रोजगारीबाट फर्केपछि असोज १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १३ गते लुम्बिनी प्रदेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।