२४ वर्षीया महिलालाई जातीय विभेद गरी कुटपिट गरेको अरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका–१ का ४० वर्षीय सन्तराम लोनिया, सोही ठाउँका ३५ वर्षीय रामकेश लोनिया, ३७ वर्षीय विहारी मल्लाह, ३९ वर्षीया श्रीकान्ति मल्लाह, ३० वर्षीया नर्मदा मल्लाहलाई असोज २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरूले घर बनाउने क्रममा कथित तल्लो जात, डुम भन्दै जातीय विभेद गरी गाली गलौज गरेको भन्दै पीडितले असोज २२ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो । उहाँका अनुसार आरोपित मध्ये २५ वर्षीया मन्जु मल्लाह फरार रहेकोले खोजी भइरहेको छ ।
उजुरीका आधारमा आरोपितहरू विरुद्ध जातीय छुवाछुत तथा कसुर सजाय ऐन् २०६८ बमोजिम कारबाही अगाडि बढाइएको डिएसपी राठोरले बताउनु भयो ।