१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत, कैलालीले कैलारी गाउँपालिका—८ बसौटीका २० वर्षीय उमेश कठरियालाई असोज २२ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश बाबुकाजी बानियाको इजलाशले १० वर्ष कैद र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने गरी फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
बालिकालाई जेठ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई असार १५ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतको साउन १४ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि जिल्ला कारागार, कैलालीमा थुनामा रहनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।