INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रोल्पा घर भइ हाल घोराही उपमनपा–१५ बस्ने २६ वर्षीय शिवकुमार रानालाई असोज २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

सिद्धार्थ एकेडेमीले शिक्षक रहेका रानालाई यौन दुर्व्यवहार आरोप लागेपछि विद्यालयले असोज २१ गते विज्ञप्ति मार्फत  हटाएको जनाएको छ  ।

युवतीको स्वास्थ्य परीक्षण असोज २१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भयो ।

अन्य

भिडियो