त्रिवेणी गाउँपालिका –७ निवासी १४ वर्षीया बालिका र सोही गाउँपालिकाका १७ वर्षीय बालकबिच असोज १९ गते हुन लागेको बाल विवाह प्रहरीले रोकेको छ ।
बाल विवाह भइरहेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि इलाका प्रहरीले कार्यालय जुगारको टोलीले विवाह मण्डपबाट बालक, बालिका र अभिभावकलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शङ्कर केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बालविवाह नगराउने शर्तमा दुबै जनालाई अभिभावकको जिम्मा लगाएर घर पठाएको प्रहरीले जनायो।