INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेशको नाम र राजधानीका लागि मतदान, दुई तिहाई बहुमतले पास

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाई बहुमतले पास गरेको छ ।

प्रदेश ५ मा असोज २० गते भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा चार मत खसेको छ ।

यसैगरी, स्थायी राजधानीको नाम भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।

photo2020090601rupandehi

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव असोज १६ गते प्रदेश सभामा पेश गरेको थियो ।

प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेसँगै असोज १९ गते प्रदेश सभामा तोडफोड समेत गरेका थिए । नेपाली कांग्रेसले राजधानी सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।

photo2020090602rupandehi.jpg

यसैगरी, असोज २० गते भएको मतदानमा कांग्रेसकै सांसदहरूले पार्टीको हृवीप विपरित फ्लोर क्रस गरी प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।

photo2020090603rupandehi.3

प्रदेश सभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ सांसद छन् । भने उनीहरूमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेश सभा सदस्य छन् । प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएसँगै प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ ।

अन्य

भिडियो