२३, २८ र ३३ वर्षीया तीन जना महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–३ का २६ वर्षीय विकाश गुरु भनिने विनोद हरिजनलाई असोज २० गते गिरफ्तार गरेको छ ।
नरमा विष्टलाई सञ्चो नभएको भन्दै धामी विनोद हरिजनलाई बोलाएर असोज १३ गते राती झाँक्री बसेर हरिजनले तीन जना महिलालाई बोक्सी लागेको भन्दै किटान गरेपछि उनीहरूले बोक्सी भन्दै असोज १४ गते दुर्व्यवहार गरेको पीडितहरूले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भएको थियो ।
बोक्सी भनेर दुव्र्यवहार गरेको भन्दै पीडितहरूले असोज १४ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएपछि प्रहरीले लमही नगरपालिका–६ का ३२ वर्षीया नरमा विष्ट, २३ वर्षीया सावित्रा पुनलाई सोही दिन गिरफ्तार गरेको थियो ।
वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर राजन पौडेलले जानकारी घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।